नेपालमा दुई जनामा ओमिक्रोन पुष्टि, स्वास्थ्य मापदण्डका नियम पालना गर्न मन्त्रालयको निर्देशन

काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सोमवार पत्रकार सम्मेलन गरेर नेपालमा दुई जनामा ओमिक्रोन पुष्टि भएको जानकारी गराएको हो ।

गएको मङ्सिर ३ गते नेपाल आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा पुगेका ७१ वर्षका नेपाली नागरिकमा ’ओमिक्रोन’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जनाकारी दिनुभयो ।

पीसीआर नेगेटिभ रहेको रिपोर्ट र पूर्ण मात्रा खोप लगाएको प्रमाणसहित आएका ती विदेशी नागरिक र उनीसँग सम्पर्कमा पुगेका अर्का व्यक्तिलाई मङ्सिर ७ गते कोरोनासँग मिल्दो लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा हिजो आइतवार राति ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूको सम्पर्कमा पुगेका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको पनि मन्त्रालयले जनाएको छ ।

ओमिक्रोन पुष्टि भएकाले अब कोरोना पुष्टि हुनेहरूको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन थालेको भन्दै मन्त्रालयले कोरोनाको सङ्क्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । साथै मन्त्रालयले खोप नलगाएकाहरूले नजिकको खोप केन्द्रमा गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img