कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्वारा सञ्चारकर्मीहरु सँग अन्तरक्रिया गोष्ठी सम्पन्न

अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्वारा सञ्चारकर्मीहरु सँग अन्तरक्रिया गोष्ठी सन्धिखर्कको कृषि ज्ञान केन्द्रको भवनमा सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आ. व ०७८/०७९ मा कृषिका विभिन्न क्षेत्रमा आठ करोड त्रिसट्ठी लाख उनान्सत्तरी हजारको बजेट विनियोजित कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले कृषि भवन, माटो परिक्षण, आकस्मिक बालीसंरक्षण, कृषि प्रबिधी प्रबन्धन, फलफूलका बिरुवा बितरण, स्टुवरी उत्पादन, बिउमा आत्मनिर्भरता, प्रतिफलमा आधारित कृषक प्रोत्साहन, मकै, आलु, सुन्तला, कागती मिसन, कृषि बिषय अध्ययन गरेका युवाहरू उद्यमशीलता बिकास कार्यक्रम, कृषिकर्मी रोजगारी कार्यक्रम, विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रमहरु रहेको जानकारी गराइएको थियो ।

अन्तरक्रिया गोष्ठीमा प्रधानमन्त्री आधुनिकिकरण परियोजनाका नासु भोजराज पोख्रेल, नेपाल पत्रकार महासंघका नि-बर्तमान अध्यक्ष, पुर्ब अध्यक्ष, बर्तमान अध्यक्ष, नेपाल पत्रकार महासंघका पदाधिकारी तथा सदस्य, जिल्लाका विभिन्न रेडियोका प्रमुख तथा प्रतिनिधि लगायतका क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम कृषि ज्ञान केन्द्रका प्रमुख राम मिलन विकास विश्वकर्माको अध्यक्षता महेन्द्र कुमार ओझाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नारायण भुसालले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै