एमालेमा अध्यक्षका लागि केपी ओली र भिम रावल बिच चुनाव हुने

कठमाण्डौं । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो ।

चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ । निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ ।
आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम लैजानुभएको छ ।

यस्तै नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका लागि कार्यसूची तयार गर्न बसेको अध्यक्ष मण्डलको बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार सहमति नभएको पदमा आज सोमवार मतदान हुनेछ ।

तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img