३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

माओवादी केन्द्र सन्धिखर्क नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा भुसाल चयन

Workplace

बाबुराम रसाइली अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सन्धिखर्क नगरपालिकाकाे दाेस्राे ऐतिहासिक नगर सम्मेलन सम्पन्न भएकाे छ ।

कार्यक्रमको तस्बिर

सम्मेलनमा राजेन्द्र प्रसाद भुसालकाे अध्यक्षतामा ५९ सदस्यीय नगर कमिटी गठन भएकाे छ । जसकाे उपाध्यक्षमा कृष्णहरि भुसाल, देविबहादुर रायमाझी, सीता श्रीपाली सुनार, सचिव बालकृष्ण आचार्य, सहसचिव काजिमान रायमाझी, काेषाध्यक्ष माेहनसिंह ठकुरी सहित ५९ सदस्यीय समिति गठन गरिएकाे हाे ।

सदस्यहरुमा मान बहादुर सुनार, शारदा खनाल विक, सन्जु नेपाली, टीका थापा, बसन्ता गहतराज, सराेज पाैडेल, महमद मिया, निर्मला आचार्य, बुद्धि मिश्र, रामु केसि, रामहरि भुसाल
दिपक श्रेष्ठ, गाेविन्द सुनार, कृष्ण देवि बस्नेत, ध्रुव परियार, हिमा नेपाली, माधव खनाल, थानेश्वर भुसाल, हरि बहादुर पाण्डे, छन्द बहादुर क्षेत्री, रुपा विक, टाेमलाल आचार्य, राम बहादुर विक, कमला थापा मगर, चिरञ्जीवी भुसाल,जिवलाल भुसाल, राधा थापा, शिव खनाल, कमला भुसाल, बाबुराम विक, तिलक कार्की, पुजा जिसी, कृष्ण अधिकारी,अम्मरलाल परियार, सुरज विक रहनु भएकाे छ ।

नवनिर्वाचित पदाधिकारिहरुले हामीले नगरमात्र नभई सिंगाे देशलाई बैज्ञानिक समाजवादकाे कार्यभार पूरा गर्नकाे लागि कतै विचलित नभई निरन्तर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभएकाे छ । सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शुसिला श्रीपाली ठकुरीले आगामी कार्यभार पूरा गर्नकाे लागि सक्षम, सबल र सफल नेतृत्व तथा सम्पुर्ण टिम चयन भएकाेमा भव्यकार्य सफताकाे शुभकामना दिनु भएकाे छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विकले मालेमावाद संसार बदल्ने बैचारिक हतियार हो । आज मालेमावादलाई आफ्नो जीवनपद्धतिका रूपमा ग्रहण नगरिकन कोही पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट बन्न सक्दैन । यो समय र परिस्थितिको गतिसँगैै सिर्जनात्मक रूपमा बैज्ञानिक पद्धतिबाट अध्ययन गरी पार्टीलाई बलियाे बनाउनकाे निम्ति निर्वाचित कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई आग्रह गर्दै सफल कार्यकालकाे शुभकामना समेत दिनुभएकाे छ ।

उक्त सम्मेलनले राजेन्द्र भुसाल, माधव खनाल, युवराज भुसाल, कमला भण्डारी (भुसाल), शारदा खनाल विक, राधा नेपाली गरि ६ जनालाई प्रदेश प्रतिनिधिमा समेत चयन गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै