८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

रायमाझीले पार्टी छाड्दैमा माओवादी हरायो भन्ने सोच्नु गलत हो: क्षेत्री

Workplace

अर्घाखाँची । नेकपा माओवादी केन्द्र सन्धिखर्कको दोस्रो नगर सम्मेलन सन्धिखर्कमा शुरु भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षत्रीले उद्घाटन गर्नुभएको सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम छ ।

नगर अधिबेशनलाई सम्बोधन गदै माओवादीका केन्द्रका केन्द्रीय सदस्य समेत रहेका क्षत्रीले टोप बहादुर रायमाझीले पार्टि छोडेर जादैमा माओबादी हरायो भन्ने सोच राख्नु गरत भएको भएको बताउनु भयो । रायमाझी र खड्ककाले पार्टि छाडेपनि आगामि स्थानियतहको च’नावमा जिल्लाका ४० ओटा वडा जितेर देखाइदिने दाबी गनु भयो ।
उहाले अर्घाखाँची माओबादी कार्यकर्तालाई संक्षण गर्नको लागि आफुले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो । कार्यक्रममा मओबादी नेता देबी बहादुर रायमाझी , कृष्णहरी भुसाल , कमला भण्डारी , ठाकुर सौराग, अखिल नेपाल शिक्षक संघका नेता युवराज भुसाल, दोर्ण प्रसाद भुसाल, नेपाल पत्रकार महा सघंका पुर्व जिल्ला अध्यक्ष,हिम बहादुर जि सी लेककाली लगायतले मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुले केही मानिसहरु माओवादी छोडेर दायाँबायाँ लागेपनि आफुहरु मुल धारमै रहेको बताएका थिए । करिब एक हजार कार्यकर्ताको उत्साहजनक उपस्थितिमा शुरु भएको कार्यक्रममा सहभागी बक्ताहरुले संविधानविरोधिहरुको कित्तामा उभिएर टोप बहादुर रायमाझीले गल्ती गरेको बताएका थिए ।
अधिबेशनमा सहभागी सहिदका परिवारलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रमको खुल्ला सत्र सन्धिखर्कका नगर इन्चार्ज राजेन्द्र भुसालकको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै