
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले करिब ६ अर्ब डलर गुमाएको तथ्यांक छ । यो करिब ६ घण्टा फेसबुक बन्द हुँदाको परिणाम भएको अनुमान गरिएको हो ।
सोमबार राति करिब सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको थियो ।फेसबुक किन बन्द भयो भन्नेबारे यकिन तथ्य सार्वजनिक गरिएको छैन ।