भूमिकास्थानमा मंसिर १६ र १७ गते नगरप्रमुख भलिबल प्रतियोगिता हुने

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मंसिर १६ र १७ गते नगरप्रमुख भलिबल प्रतियोगिता हुँदैछ।
  • सहभागी टिमले मंसिर १५ गतेभित्र नागरिकता र वडाको सिफारिससहित दर्ता गर्नुपर्नेछ।
  • विजेता टिमलाई क्रमशः ५०, ३० र २० हजार नगद पुरस्कारसहित आवश्यक व्यवस्था नगरपालिकाले गर्नेछ।

हृदय भुसाल, अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा नगरप्रमुख भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ मा प्रतियोगिताका लागि विनियोजन गरेको बजेटबाट आगामी मंसिर १६ र १७ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाले प्रतियोगितामा सहभागी हुन चाहने टिमलाई मंसिर १५ गतेभित्र टिम दर्ता गराउन आग्रह गरेको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिममा ८ जना खेलाडी र १ जना कोच अनिवार्य रहने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारसँगै विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख झबिलाल थापाले नगरपालिकाले खेलकुद क्षेत्रको विकास र स्थानीयस्तरमा रहेका खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रविन्द्रप्रसाद चौधरीका अनुसार प्रतियोगितामा सहभागी खेलाडीका लागि आवश्यक व्यवस्थापन नगरपालिकाले गर्नेछ । खेलाडीलाई जर्सी उपलब्ध गराइनुका साथै खाना र आवासको व्यवस्था पनि नगरपालिकाबाटै गरिने उहाँले बताउनुभयो । प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको उहाँको भनाइ छ ।
प्रतियोगितामा सहभागी खेलाडीले अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्र र सम्बन्धित वडा कार्यालयको सिफारिसपत्रसहित उपस्थित हुनुपर्नेछ । खेलाडीका लागि नगरपालिकाले जर्सी उपलब्ध गराउनेछ भने खेल नकआउट प्रणालीमा सञ्चालन हुने नगरपालिकाका योजना शाखा प्रमुख शेषकान्त घिमिरे ओशनले जानकारी दिनु भयो ।
प्रतियोगिताको शुभारम्भ मंसिर १६ गते बिहान ९ः३० बजेदेखि हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रतियोगितामा सहभागी हुन इच्छुक सबै वडाका खेलाडी तथा टिमलाई समयमै दर्ता गराई प्रतियोगितामा सहभागी हुन अनुरोध समेत  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

विराटनगर जुट मिल्स सञ्चालन लागी सरकारद्वारा आसयपत्र माग

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच हवाई रुट र पारवहन क्षेत्रमा महत्त्वपूर्ण तथा दूरगामी सहमति

प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि : भोलि समकक्षी मोदीसँग भेटवार्ता हुने

- Advertisement -spot_img
-Advertisement-spot_img