भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशीमा आएको बाढीबाट १६ लाख मानिस प्रभावित भएका छन् भने १ हजार ५० जनाको मृत्यु र ३ हजार ९१६ जना बेपत्ता भएका छन्।
  • बाढीले रसुवा, नुवाकोट लगायतका जिल्लामा हजारौं घर, स्वास्थ्य संस्था, विद्यालय र ४५ वटा पक्की पुलमा क्षति पुर्‍याएको छ।
  • उद्धारका लागि २१ हजारभन्दा धेरै सुरक्षाकर्मी र विदेशी टोली परिचालन गरी ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ।

काठमाण्डौ – एक हप्ताअघि गएको बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ ।

यस्तै धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ । प्राधिकरणको पछिल्लो जानकारीअनुसार बाढीका कारण अहिलेसम्म १ हजार ५० जनाको ज्यान गएको पुष्टि भएको छ । ३ हजार ९१६ जना सम्पर्कविहीन छन् ।

अहिलेसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ ।  हेलिकोप्टरबाट ४ हजारभन्दा धेरैको उद्धार गरिएको छ । खोज तथा उद्धारमा २१ ह्जारभन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ ।

खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ । प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा २९२ जना घाइतेको उपचार भएकामा १८२ जना डिस्चार्ज भइसकेका छन् । बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा पढ्ने ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् ।

८ विद्यालय पूर्ण र ८ आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने ३ वटा मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क छ । रसुवाको स्याफ्रुबेंसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त बनेको प्राधिकरणले जनाएको छ । गल्छीको बैरेनी अस्पताल र चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ ।

भोटेकोशी बाढीले ४१ पक्की पुल पूर्ण रूपमा बगाएको र थप ४ पुलमा क्षति पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । नुवाकोटमा मात्रै १ हजार २ सय ६७ घर पूर्ण र १ हजार २ सय ५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । भोटेकोशी–त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा ४ हजार ६ सय ८९ भवन जोखिममा परेको प्रारम्भिक अनुमान छ ।

रसुवाको अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७ सय २ घरधुरीका १४ हजार ४ सय ६१ नागरिक प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरू सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई अलपत्र अवस्थामा रहेका छन् ।

रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–२, माथिल्लो त्रिशूली–१, मैलुङखोला, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मध्य त्रिशूली गंगा नदी, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायत जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लेकाली दाइ

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्क विहीन

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

सरकारद्वारा शव व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका स्वीकृत

- Advertisement -spot_img
-Advertisement-spot_img