आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

समाचार सारांश
Auto Generated by AI
  • देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
  • कोशी, बागमती र गण्डकीका २३ जिल्लामा अति भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ ।
  • बाढी र पहिरोको उच्च जोखिम रहेकाले सतर्क रहन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

काठमाण्डौ – देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ ।

गएराति ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकीका २३ जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ । ती जिल्लामा रेड अलर्ट छ । कोशीका ९ जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र खोटाङ, बागमतीका ६ जिल्ला, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका ८ जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो ।

अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्र्यान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

वाईवाईसहित चार ब्रान्डका चाउचाउ बिक्री-वितरणमा रोक, बजारबाट फिर्ता गर्न आदेश

नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको अध्यक्षमा पोखरेल

भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

साउन महिनाका लागि बैंककाे ब्याजदर थप घट्यो

इन्धनको भाउ यथावत्

- Advertisement -spot_img
-Advertisement-spot_img