नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको अध्यक्षमा पोखरेल

समाचार सारांश
Auto Generated by AI
  • नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको चौथो अधिवेशन सम्पन्न भएको छ।
  • सुमन्तप्रसाद पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
  • कार्यक्रममा ज्योतिषशास्त्र र धर्म-संस्कृतिको संरक्षणमा जोड दिइएको छ।

घनश्याम पौडेल अर्घाखाँची ।  नेपाल ज्योतिष परिषद् अर्घाखाँची चौथो अधिवेशनबाट सुमन्तप्रसाद पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

जस्को उपाध्यक्षमा चुरामणी भट्टराई, गोपालप्रसाद पौडेल,  सचिवमा माधवराज चुँदाली, सहसचिवमा पुरुषोत्तम पौडेल, कोषाध्यक्षमा कमलप्रसाद आचार्य, सहकोषाध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा विष्णुप्रसाद आचार्य, पदमप्रसाद चुँदाली, नरेश अधिकारी, यमप्रसाद शर्मा, केशवराज चुँदाली, बाबुराम मरासिनी, हिमाल अधिकारी, उमबहादुर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सचिव ढुण्डीराज ज्ञवालीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटनसत्र प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचीव आचार्य शिवलाल पौडेलले ज्योतिषशास्त्रको संरक्षण संवर्धन र ज्योतिषीहरुको हकहितका लागी स्थापना भएको संस्था रहेको बताउँदै यसमा सबैजना सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

ज्योतिष मात्रै नभएर धर्म संस्कृति संरक्षणमा पनि यो संस्थाको महत्त्वपूर्ण भुमिका रहने बताउँदै संस्थालाई यो अवस्थासम्म ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने पुर्व कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष ढुण्डीराज ज्ञवाली, उपाध्यक्ष केशवराज आचार्य, उपमहासचिव अनन्तप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य दिदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

उद्घाटन सत्र निवर्तमान अध्यक्ष मतिराज शर्माको अध्यक्षता, उपाध्यक्ष सुमन्तप्रसाद पोखरेलको स्वागत मन्तव्य तथा सचिव विष्णुप्रसाद आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

साउन महिनाका लागि बैंककाे ब्याजदर थप घट्यो

इन्धनको भाउ यथावत्

निगमले आजदेखि बजारमा पूर्ण तौलका ग्यास सिलिन्डर पठाउने

- Advertisement -spot_img
-Advertisement-spot_img