नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध

समाचार सारांश
Auto Generated by AI
  • नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।
  • प्रशासनले अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न र चितवनतर्फ नआउन अनुरोध गरेको छ।
  • अलपत्र परेका सवारी साधन हटाउने काम भइरहेको छ र आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।

काठमाण्डौ – लगातारको ठूलो वर्षापछि नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

हिजो बेलुका जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर काठमाण्डौ उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाण्डौका लागि छुट्ने यात्रुलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको हो  ।

निरन्तरको पानीका कारण मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो लगायत माथिबाट लेदो खसेर सडक अवरुद्ध हुँदा बिच बाटोमा अलपत्र परेका एम्बुलेन्सलगायत अन्य गाडीहरूलाई पहिरो हटाई गन्तव्य तर्फ पठाउने कार्य भइरहेको छ ।

पहिरोको जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालय, चितवनबाट कुनै पनि थप गाडीहरूलाई अर्को सूचना जारी नहुन्जेलसम्म आवागमनमा रोक लगाएको जानकारी दिएको छ  । आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, जिल्ला आपत्कालीन केन्द्र १२३४ तथा जिल्ला प्रहरी कार्यालय, चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

टी–२० विश्वकप छनोटमा आज डेनमार्क र हंगेरीले खेल्दै

गण्डकी, लुम्बिनी, कोशीका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

तीन महिना डेङ्गी सचेतना सञ्चालन गरिने

- Advertisement -spot_img
-Advertisement-spot_img