गाउँकी केटी र प्रेम

समाचार सारांश
Auto Generated by AI
  • यो प्रेम गाउँको गरिबी र अभावका बीचमा हुर्किएको एउटा वास्तविक भोगाइ हो।
  • समाजले प्रेमलाई जात र हैसियतसँग जोडेर हेर्दा यसले कयौँ अवरोधहरू भोग्नुपर्यो।
  • प्रेम भनेको केवल आकर्षण नभई एकअर्काको दुःख र परिवारको चिन्ता बाँड्नु रहेछ।

निम्बतरु

गाउँकी केटीसँगको मेरो प्रेम
यति सामान्य थियो
कि इतिहासले त्यसलाई कहिल्यै लेखेन।

ऊ बिहान सबेरै उठ्थी—
आँगन बुर्थी,
गाई खोल्थी,
दाउरा बाल्थी,
र संसारलाई थाहा नै नदिई
एउटा घरको भविष्य बचाउँथी।

म उसलाई प्रेम भन्थेँ,
समाज उसलाई “काम गर्ने छोरी” भन्थ्यो।

हामी भेट्ने ठाउँ
कुनै पार्क थिएन,
एउटा ढुंगो थियो—
जहाँ बस्दा
खोलाको आवाजभन्दा बढी
हाम्रो मौन सुनिन्थ्यो।

ऊ कम बोल्थी।
सायद
धेरै दुःख बोकेका मानिसहरू
कम बोल्छन्।

उसको आँखामा
म पहिलोपटक
गरिबीको असली अनुहार देख्थेँ—
त्यो भोक मात्रै होइन रहेछ,
त्यो त
आफ्नो इच्छा लुकाएर बाँचिरहनुपर्ने
बानी रहेछ।

एकदिन उसले
आफ्नो चप्पल चुँडिएको लुकाउँदै
मलाई सोधी—
“शहरमा पनि आकाश यस्तै हुन्छ ?”
त्यो प्रश्नपछि
म धेरै बेर बोल्न सकिनँ।

हाम्रो प्रेमभन्दा ठूलो
दैनिक जीवन थियो।

गाउँकी केटीसँगको मेरो प्रेम
कुनै फिल्मी गीत थिएन,
न त गुलाफको खेती।

त्यो त
भकारीमा चामल सकिएको साँझमा पनि
उसले आधा मुठ्ठी मकै भुटेर
“खा न” भनेको आवाज थियो।

ऊ सुन्दर थिई भनेर म प्रेममा परेको होइन,
ऊ दुःखी हुँदा पनि
अरूलाई हाँस्न सिकाउँथी—
त्यही भएर परेको हुँ।

उसको हातमा
मेहेन्दीभन्दा बढी
मेलापातको धर्सा थियो।
नङभित्र माटो हुन्थ्यो,
तर मनभित्र
कुनै शहरले नबिगारेको उज्यालो।

हामी प्रेम गर्थ्यौँ
लुकेर होइन—
गरिबीको बीचमा उभिएर।
उसले कहिल्यै भनिन—
“मलाई चुरा किनिदेऊ।”
बरु भन्थी—
“तिम्रो बाबुको खोकी निको भयो ?”

त्यसपछि मलाई लाग्यो,
प्रेम भनेको
ओठ चुम्नु मात्रै होइन रहेछ,
कसैको घरको चिन्ता
आफ्नो जस्तो लाग्नु पनि रहेछ।

तर प्रेमलाई
यो समाजले कहिल्यै सजिलो हुन दिएन।
गाउँलेहरू हाम्रो प्रेमलाई
धानमा लागेको रोगझैँ हेर्थे।
जात सोध्थे,
घर सोध्थे,
हैसियत सोध्थे।
मानौँ प्रेम गर्नुअघि
वडाध्यक्षको सिफारिस चाहिने रहेछ

छल्दी- पनाहा खोलाको सुसाई झैं
सुसाईरहन्छ मन
घुम्टेको लेक भन्दा अर्को देखिदैन अचेल
के बिराएँ बिराएँ जस्तो
निस्तीखोला झैं बगरमा नै अल्मलिन्छ दिमाग
मालारानीको भीरमा अल्झेको अचेल जीवन

ऊ मलाई भेट्न आउँथी
हातमा कोदोको पीठो टाँसिएको अवस्थामा।
म उसका औँलाहरू हेर्थें—
ती औँलाहरू
फूल टिप्नका लागि बनेका थिएनन्,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै