जलेश्वरधाम शिवपुराण महायज्ञको आम्दानी तथा खर्च सार्वजनिक

पदम गैरे पाल्पा ।रिव्दीकोट–५, स्थित जलेश्वरधाम शिवपुराण महायज्ञको आम्दानी तथा खर्च सार्वजनिक गरिएको छ । गत माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन भएको महायज्ञमा एक करोड ४० लाख आम्दानी भएको मूल आयोजक समितिले जनाएको छ ।

विभिन्न व्यक्ति तथा संघसंस्थाले महायज्ञ अबधिमा दिएको दानबाट सो रकम संकलन भएको आर्थिक उपसमितिका संयोजक प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञ संचालनमा ८५ लाख खर्च भएको छ । उहाँका अनुसार थप खर्चतर्फ गौमुखे धारा निर्माणको काम भने बाँकी रहेको कुँवरले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाले जलेश्वर धामलाई वैकुण्ठधाम बनाउने सपना देखेको थियो, त्यो सपना महायज्ञ सफलतापूर्वक सम्पन्न भएपछि पूरा भएको बताउनुभयो । महायज्ञ आफूहरुले कम्पना गरेको भन्दा उत्कृष्ट रुपमा सम्पन्न भएको बताउनुभयो । जलेश्वर धाममा धर्मशाला बनाउने, बाँस बस्न मिल्ने कटेज बनाउने, आयुर्वेद र गुरुकुल शिक्षा संचालन गर्ने, नियमित पूजाको व्यवस्था गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

महायज्ञमा रिव्दीकोटमा माइती भएका सबै दिदीबहिनीहरु सहभागी हुँदा आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो । उहाँले रिव्दीकोट गाउँपालिकाले जलेश्वर धामलाई गुरुयोजना अनुसार निर्माणको कामलाई आगामी दिनमा निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा रिव्दीकोट गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसीले जलेश्वर धामलाई पर्यटकीय र धार्मिक स्थल बनाउन सबैको सहयोग रहेको बताउनुभयो । उहाँले विगतदेखि नै यस भेगका जनताको चाहना अनुसार जलेश्वर धाममा धार्मिक संरचनाको पूर्वाधार बनेको उल्लेख गर्नुभयो ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष वेणीमाधव आचार्यले महायज्ञमा सकेको दान दिएर यस क्षेत्रको धार्मिक विकासमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रम महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष सम्मर विश्वकर्माको स्वागत र सचिव दिवाकर अर्यालको संचालनमा भएको थियो । कार्यक्रममा महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने उपसमितिका संयोजकहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै