अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै फाराम भर्न नपर्ने

काठमाण्डौ- अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै आवेदन फाराम भर्न नपर्ने भएको छ । गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेपछि छुट्टाछुट्टै फाराम भर्न नपर्ने भएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले हिजो जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा यसबारे जानकारी दिनुभएको हो । उहाँका अनुसार मन्त्रालयले सञ्चालनमा ल्याएको केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच डेटा आदानप्रदान हुने व्यवस्था मिलाइएको छ ।

यो व्यवस्थापछि नागरिकता बनाउने बेला भरेकै विवरणको आधारमा राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ । यो नयाँ व्यवस्थासँगै फाराम भर्नकै लागि नागरिकले गर्नुपर्ने खर्च र समयको बचत हुने मन्त्रालयको विश्वास छ । यसअघि राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवेदन फाराम भर्न र जैविक (बायोमेट्रिक) विवरण दिन तोकिएको एकाइमै पुग्नुपर्ने बाध्यता थियो ।

गृह मन्त्रालयका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रको प्रणालीलाई अरु १२ वटा सार्वजनिक सेवासँग अन्तरआबद्ध गर्ने काम पूरा भएको छ । यसरी विभिन्न निकायसँग प्रणाली जोडिँदा दोहोरोपना नियन्त्रण भएको र राज्यकोषको समेत बचत भइरहेको मन्त्रालयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img