पराजित भए पनि जनताको सेवामा निरन्तर लाग्नेछु : चौहान

हृदय भुसाल अर्घाखाँची । नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम बहादुर चौहानले आफू निर्वाचनमा पराजित भए पनि जनताको सेवामा निरन्तर समर्पित रहने बताउनुभएको छ।
शुक्रबार जिल्लाको सदरमुकाम सन्धिखर्कको होटल एभरेस्टमा पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार चौहानले देशभरको राजनीतिक माहोल फरक रहेका कारण अर्घाखाँची जिल्लामा पनि त्यसको असर परेको र त्यसले निर्वाचन परिणाममा प्रभाव पारेको बताउनुभयो। जनताबाट सकारात्मक प्रतिक्रिया पाए पनि अपेक्षित परिणाम आउन नसकेको उहाँको भनाइ छ।
सरल र स्वच्छ छविका नेता चौहान विभिन्न संघ–संस्थामा रहँदा महत्वपूर्ण काम गर्दै आएका व्यक्ति हुन्। जनताका हरेक समस्या र अप्ठ्यारोमा साथ दिने नेताको रूपमा आफूले छुट्टै पहिचान बनाएको पनि उहाँले बताउनुभयो।
उम्मेदवार चौहानले निर्वाचनमा सहयोग गर्ने  पार्टीका नेता–कार्यकर्ता, मतदाता, शुभेच्छुक र सञ्चारकर्मी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। निर्वाचन परिणामले आफूलाई विचलित नगरेको भन्दै उहाँले अब झन् बढी उत्साहका साथ जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै