मध्यपूर्व तनाव : काठमाण्डौबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाण्डौ – अमेरिका र इजरायलले इरानमा आक्रण गरेपछि उत्पन्न परिस्थितीका कारण मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपाल र खाडी देशहरुबीचको हवाई सेवा प्रभावित भएको छ । कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाइक्षेत्र बन्द गरेका हुन् ।

हवाई क्षेत्र बन्दको प्रभावका कारण काठमाण्डाैबाट खाडी तथा क्षेत्रीय गन्तव्यहरूमा सञ्चालन हुने उडानहरू प्रभावित भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार साउदीको दमाम र रियाध, यूएईको दुबई, शारजाह र आबुधाबीमा आजका लागि तय उडान रद्द भएका छन् ।

कतार एयरवेज र इतिहाद एयरलाईन्सले अर्को सूचना नभएसम्मका लागि सबै उडान स्थगीत गरेका छन् । उडानहरु अबरुद्ध हुँदा विदेश जाने नेपालीसहित अन्य देशका नागरिक काठमाण्डौमा रोकिएका छन् । हिजो अस्तव्यस्त बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ ।

मध्यपूर्वबाहेक अरू देश जाने यात्रुहरू विमानस्थल प्रवेश गरेका छन् । इरान–इजरायल युद्धको प्रभाव मध्यपूर्वका धेरैजसो देशमा पर्दा नेपालमा पनि त्यसको असर देखिएको हो । मध्यपूर्वमा विशेषगरी खाडीका देशमा नेपालीहरु रोजगारीका लागि जाने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img