“सितगंगालाई आश्वासन मात्र होइन, अनुभूतिमूलक विकास चाहिन्छ : उम्मेदवार चौहान”

हृदय भुसाल अर्घाखाँची  ।नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम बहादुर चौहानले सितगंगा नगरपालिका का विभिन्न स्थानमा मतदाता संघ भेटघाट कार्यक्रम गर्दै नगरको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
भेटघाटका क्रममा उम्मेदवार चौहानले भौगोलिक हिसाबले नेपालकै ठूला नगरपालिकामध्ये एक रहेको सितगंगा विकासको दृष्टिकोणले पछि पारिएको उल्लेख गर्नुभयो। उहाँले विगतमा यस नगरपालिकालाई केवल “भोट बैंक” को रूपमा प्रयोग गरिएको तर वास्तविक विकास निर्माणका काम भने आश्वासनमै सीमित भएको आरोप लगाउनुभयो।
“अब सितगंगालाई कागजी योजना होइन, जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास चाहिएको छ,” उहाँले भन्नुभयो, “सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा रोजगारीका क्षेत्रमा ठोस योजना ल्याएर कार्यान्वयनमा लैजान म दृढ छु।”
उम्मेदवार चौहानले आफू जनप्रतिनिधि नभएको समयमा पनि जिल्लाका विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको दाबी गर्नुभयो। जनताका हरेक समस्यामा अग्रसर भएर समाधान खोज्ने प्रयास गर्दै आएको उल्लेख गर्दै उहाँले जनताको सुख-दुःखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्ययनशील, स्वच्छ छविका र जनतासँग नजिक रहेर काम गर्ने नेताका रूपमा परिचित चौहानले आगामी दिनमा सितगंगाको समग्र विकास र समृद्धिका लागि योजनाबद्ध रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
भेटघाट कार्यक्रममा स्थानीयवासीहरूले पनि आफ्ना समस्या र अपेक्षा खुलेर राखेका थिए। चौहानले ती सबै सुझावलाई प्राथमिकताका साथ समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img