प्रेस लुम्बिनी ।कीर्तिपुर नगरपालिकाका पूर्वमेयर रमेश महर्जन र वडा नं ६ का पूर्ववडाध्यक्ष नुच्छे महर्जन एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।
कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी धेरै कम्युनिस्ट पार्टीहरू मिलेर बनेको बताउँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे। उनले राष्ट्रवादी शक्तिहरूबिचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे।
पार्टी प्रवेश गरेका पूर्वमेयर रमेश महर्जन र पूर्ववडाध्यक्ष नुच्छे महर्जनले नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहेकी रूपा महर्जनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।


























