जनताको सेवामा सधैं समर्पित रहने प्रतिबद्धता : उम्मेदवार चौहान

हृदय भुसाल अर्घाखाँची ।नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम बहादुर चौहानले आफू सधैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पाणिनी गाउँपालिकामा विभिन्न ठाउँ  आयोजित मतदाता सँगको भेटघाट कार्यक्रमका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
उम्मेदवार चौहानले विगतमा जिल्ला अस्पताल लगायत विभिन्न सामाजिक संस्थाको नेतृत्व सम्हाल्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो। उहाँले जनताको प्रशासनिक काम, स्वास्थ्य उपचार तथा विकास निर्माणका क्षेत्रमा निरन्तर सहजीकरण गर्दै आएको अनुभव सुनाउँदै अब अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो।
“म जनताको प्रतिनिधि बन्ने आकांक्षासहित उम्मेदवारी दिएको हुँ, जनताले मप्रति झुक्नुपर्ने होइन, म सधैं जनतालाई सम्मान र सत्कार गर्ने स्वभावको छु,” उहाँले भन्नुभयो।
उम्मेदवार चौहानले जनताको सुख–दुःखमा सधैं साथ दिँदै आएको उल्लेख गर्दै भविष्यमा पनि अझ सक्रिय, जिम्मेवार र उत्तरदायी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य युबराज पौडेल लगायतका  सहभागी मतदाताले पनि उहाँप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा साथ दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img