नेपाल पत्रकार महासंघ पाल्पा को ३४ औं स्थापना दिवसको अबसरमा अन्तरकृया कार्यक्रम सम्पन्न

पदम गैरे पाल्पा । पत्रकार महासंघ पाल्पा को ३४ औं स्थापना दिवस एवम् अन्तरक्रिया कार्यक्रमम तानसेन मा सप्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पा शाखाका संस्थापक अध्यक्ष मेघराज शर्माले पत्रकार महासंघ पाल्पाको विगतको इतिहास गौरवपूर्ण रहेको स्मरण गर्दै जवाफदेही र अनुशासन कायम गर्दै विगतको गरिमा कायम राख्न आग्रह गर्नुभयो । उहाँले पत्रकारिता बलियो बनाउँदा लोकतन्त्र बलियो हुने भन्दै पत्रकारितामा राजनीतिक गन्ध आउन दिन नहुनेमा समेत जोड दिनुभयो । समानुपातिक विज्ञापन नीति व्यवहारमा लागु हुन नसक्दा स्थानीय मिडिया संकटमा रहेकोले समानुपातिक विज्ञापन नीति व्यवहारमा लागु गराउनतर्फ महासंघले पहल गर्नुपर्ने शर्माले धारणा राख्नुभयो ।कार्यक्रम मालुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले पत्रकारलाई दलले अंकुश लगाउन नहुनेमा जोड दिनुभयो । उहाँले पत्रकारको परिपक्वताको लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमहरू पनि सञ्चालन गर्नुपर्नेमा जोड बताउँनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले संस्थालाई जीवन्त राख्न महासंघ संस्थागत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले महासंघलाई राजनीतिक दलले सुखदुःखको साथी सम्झने गरेको निरन्तर सहकार्य समन्वय रहने बताउनुभयो । । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरेले राजनीतिले गर्दा केही पत्रकारहरू थिचोमिचोमा पर्ने गरेको भन्दै पत्रकारलाई दलीय आस्थाभन्दा स्वतन्त्र रहन दिनुपर्नेमा धारणा राख्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट यादव बहादुर रायमाझी, राप्रपा प्रतिनिनिधि रमेश विरजंग राणाले शुभकामना मन्तव्य राख्दै पत्रकारिता जस नपाउने पेशा भएपनि कसैको दवाव र प्रभावमा नपरी आफ्नो धर्म निर्वाहमा निरन्तर लाग्दा सफलता प्राप्त हुने बताउनुभयो ।

स्थापना दिवसको अवसरमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाका अध्यक्ष सस्वती दर्लामी चिदी, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले स्थानीय तहले स्थानीय मिडिया संरक्षणमा सहयोग समन्वय गर्दै आएको स्मरण गर्दै सूचनालाई सहि समयमा सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गरेमा पत्रकारिताको विश्वसनियता बढ्ने बताउनुभयो ।

यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णु बहादुर कार्की, पत्रकार महासंघका सल्लाहकार कृष्ण दर्नाल, स‌ंस्थापक  सचिव भरत शर्माले शुभकामना मन्तव्य राख्दै पत्रकारिता विना विकास निर्माण र सुशासनको परिकल्पना गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, झपेन्द्र गहिरेले पाल्पाली पत्रकारिताको विगतको इतिहास र योगदानका विषयमा चर्चा गर्नुभएको थियो । महासंघका पूर्व अध्यक्ष भगवान भण्डारीले नागरिक समाजको रूपमा पत्रकारितामा महासंघले खेलेको भूमिका र योगदानका बारेमा बोल्नुभएको थियो । उहाँले स्थानीय मिडियाको संरक्षणमा स्थानीय सरकार र सरोकारवाला निकायले चासो दिनुपर्ने र पत्रकारहरूलाई दलले हस्तक्षेप गर्न नहुने भन्दै पत्रकारलाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिनुभयो ।
महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले पत्रकारिताको विगत र वर्तमानको अवस्था चित्रण गर्नुभएको थियोे । उहाँले पत्रकारले आफ्नो पेशालाई टिकाइराख्न मिडियाको बहाव बुझ्न आवश्यक रहेको भन्दँै समाजलाई मिडिया साक्षरता बुझाउनुपर्ने बेला आएको बताउनुभयो । पत्रकार र कन्टेन्ट राइटरमा भेद रहेको उल्लेख गर्दै अर्यालले गहिरो अध्ययन गर्दै पत्रकारिताको दायित्व पूरा गर्न सकेमा पत्रकारहरू स्थापित हुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सिनाले सहभागीको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताउँदै महासंघको गरिमालाई उच्च राख्न प्रतिवद्ध रहेको जनाउनुभयो । कार्यक्रम उपाध्यक्ष मुक्ति न्यौपानेले स्वागत, बन्दना पोखरेलले धन्यवाद ज्ञापन र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै