अर्घाखाँचीमा वेवारिसे अवस्थामा बिष्फोटक पदार्थ भेटीयो,प्रहरीद्वारा डिस्पोज

हृदय भुसाल अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट  कार्यालय प्रमुख दिबश ब. जि.सी.को कमाण्डमा ग्रामीण गस्ती गर्ने क्रममा शितगंगा नगरपालिका–११ बोक्से स्थित पुरानो, कोही नबस्ने गोठ (थारो) मा वेवारिसे अवस्थामा विभिन्न किसिमका बिष्फोटक पदार्थ फेला परेका छन्।
गस्तीका क्रममा फेला परेका बिष्फोटक सामग्रीमा भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर १२ थान, प्लास्टिकको पाइप (२५ इन्च लामो लन्चर जस्तो देखिने) ३ थान, ५ लिटरको प्रेशर कुकर बम १ थान, स्टिलको डलु बम १ थान, बिजुलीको तार ४ बण्डल र करिब ५०० ग्राम बारुद रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
फेला परेका भरुवा बन्दुक २ थान बाहेक अन्य सबै बिष्फोटक पदार्थहरू नेपाली सेनाको सहयोगमा सुरक्षित रूपमा डिस्पोज गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img