रुपन्देही।रुपन्देही जिल्लाबाट करिब ९० प्रतिशत नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको एकताको पक्षमा उभिएको नेपाली कम्युनिस्ट पार्टीले दाबी गरेको छ । सोही विषयमा टिप्पणी गर्दै नेकपा नेता कमल भण्डारीले घनश्याम भुसालले निर्माण गरेको नयाँ पार्टीतर्फ वास्तविक नेता–कार्यकर्ता आकर्षित नभएको बताउनु भएको छ ।
पूर्व नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष समेत रहनुभएका भण्डारीले नेता कार्यकर्ताहरूबीच कुनै अलमल नहोस् भनेर एकताको पक्षमा दृढ भएर उभिन आग्रह गर्नुभयो । उहाँका अनुसार रुपन्देहीका कार्यकर्ताहरू संगठनगत निरन्तरता र राजनीतिक स्पष्टताकै कारण नेपाली कम्युनिस्ट पार्टीप्रति विश्वासपूर्वक अघि बढिरहेका छन् ।
भण्डारीले नयाँ दल गठनका कारण देखिन सक्ने द्विविधा हटाउँदै संगठनलाई थप सुदृढ बनाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । पुर्ब नेकपा (एस) रुपन्देही जिल्ला कमिटी संयोजक बाबुलाल यादब पनि प्रायः सबै जस्तो नेताकार्यकर्ताहरु नै एकताको पक्षमा दाबी गर्नु भयो ।

























