अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

अमेरिकी डलर एकको खरिददर आजका लागि १ सय ४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।

युरोपियन युरो एकको खरिददर १ सय ६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

त्यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय २ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय २ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १० रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img