आज पनि घण्टा बजाइरहेछु मन्दिरको

निम्बतरु

म कुनैदिन
जँग बहादुरको घोडाको लिँड सोहर्दै थिएँ
आजका युवा सोहर्दै छन्
केही भारदारको देखाउटी र बेकार कुरा ।
त्यो जमानामा केही साथीहरु
कविको गोठमा गोठालाईँ गर्दै थिए
म भने बाँदर हेर्दै थिएँ
आफ्नै खेतबारीमा कट्कुरो बनाईउगरी ।
आज साथीहरु
पेसो फेरेर
भारदारको घरमा केरा हेर्दैछन्

उस् जुनि म
कमारो बसेको थें मुख्खेजिम्मालको घरमा
आज पनि उही हालतमा
परदेशतिर दास छु
भनेपछि
स्वभावगत दासत्वबाट मुक्त भएको छैन्
साङ्लो फुकालिएको जस्तो देखिएपनि
म कुनै न कुनै कठपुतलीवाला अदृश्य धागोमा
बन्दी छु
तोरीलाहुरेहरुका सँगतमा
आज पनि मन्दिरको घण्टा बजाएर बसेको छु

बरु लेकतिर भेडीगोठ राखी बसुँ
यो शहरको कोलाहलमा
अन्तरमनको हल्ला, प्रतिस्पर्धा,
स्वार्थ र ढोंगको आवाजमा
अरुको हली भएर जिउन कठिन छ
बरु
लखर लखर यत्तिकै गाउँमा हिडुँ
कम्तीमा के छ त भन्छन्
आज पनि तिर्लिङ तिर्लिङ घाँडो बजाएर हिँडेको छु

आजपनि म कमैया हुँ
मेरो नाममा फुटेको कौडी पनि छैन्
कतै न कतै मलाई समेत
कब्जा गरेको छ दलालले
म आजपनि चमर हल्लाएर नाचिरहेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img