ट्राफिक लाइट हराएको देश

निम्बतरु 

सडक चाहिँ छ लेन चार लेन
तर ट्राफिक लाइट हराएको सडक जस्तो देश
जुध्द शमशेरको चिहानजस्तो देखिन्छ
अब सडकहरू केवल काँचको नदी जस्तो बनेको छ
जहाँ गाडीहरू तैरिरहेका छन्, तर दिशाहीन
चालकहरूले सिग्नलको सट्टा
निर्णय गर्छन् डर, आशा र अवसरको हिसाबले
र हरेक मोडमा अनिश्चितता र तनाव उडिरहेछ हावामा

देशको ट्राफिक लाइट हराएको छ
रातो, पहेँलो, हरियो—सबै रंग
अब सडकहरू भयानक नदी जस्तो देखिन्छ
गाडीहरू आफ्नो मर्यादामा होइन,
दौडिरहेका छन्
अराजकताको तेज रफ्तारमा
प्रत्येक मोडमा टक्कर र सायरनको संगीत बज्छ
जस्तो यो देशको चेतना नै अन्धकारमा हराइरहेको हो

ट्राफिक लाइट हराउनु भनेको
हुनु हो देशको मगज पागल
रातो बत्ती हराउनु,हराउनु हो सावधानी र मर्यादा
पहेँलो लाइट हराउनु, हराउनु होसर्तकता र संयम
हरियो बत्ती हराउनु विश्वास र अग्रसरता हराउनु हो
जब भाइटल अर्गनमा नै बिक्षिप्तता छ
तब खोक्रो शरीर मुढो न मुङ्ग्रो घिसार्दैछ आशा

सडकमा पैदल यात्रुहरू खोज्छन् हिँड्न
तर नागरिकहरुलाई
गति, गियर र सायरनको छोप्छकोलाहलले
मोटरसाइकल चालकहरू घाँटी तानेर खोज्छन् टक्कर टार्न
तर कहिलेकाहीँ उनीहरू आफैं सवारीसँग जुध्छन्
सडक अब केवल यात्रा गर्ने मार्ग होइन,
बनिसकेको छ एउटा संघर्षको अखड़ा
जहाँ गुमिसकेको छ नियम र चेतनाको अस्तित्व
देश घुम्तीमा बसिरहेछ ओत हालेर

सडकको किनारबाट टेलिस्कोप लगाएर
हाँसिरहेका छन् भ्रष्ट हरु
नियमहरू अब केवल नक्सा भएको छ
भ्रष्टाचार, स्वार्थ र बेवास्ताले
रातो बत्तीको ठाउँ ओगटेको छ
तर सडक एकमुठ्ठी परान पनि धान्न नसक्ने भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img