दोस्रो रणउजिरेश्वरी भगवती कप ’ प्रतियोगिता सुरु

पदम गैरे पाल्पा ।श्रीनगर भलिवल क्लब पाल्पाको आयोजनामा ‘दोस्रो रणउजिरेश्वरी भगवती कप ’ प्रतियोगिता सुरु भएको छ । श्रीनगर भलिबल क्लबको आयोजनामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।
बिहीबार भएको महिला तर्फको लिग चरणको पहिलो खेलमा आयोजक समूह श्रीनगर भलिबल क्लबलाई न्यू होराइन क्लब तानसेनले २—० को सोझो सेटमा पराजित गर्यो । यस्तै महिला तर्फकै दोस्रो खेलमा चण्डेश्वरी युवा क्लब रिब्दीकोट ६ ले निस्दी भलिबल क्लबलाई २—० को सोझो सेटमा पराजित गर्न सफल भयो । यस्तै तेसा्रे खेलमा कानुङ्ग मगर भलिबल क्लबलाई न्यू होराइजन तानसेनले २—० को सोझोे सेटमा हराएको श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आलले बताउनुभयो ।
यस्तै पुरुषतर्फको उद्घाटन खेलमा पाल्पा भलिबल क्वबले जीत हात पारेको छ । बेस्ट अफ फाइभ अन्तरगतको खेलमा तीन ३—१ को सेटमा न्यू होराइजन भलिबल क्लब बुटवललाई पराजित गरेर पालपा भलिबल क्लबले जित हात पारेको हो । प्रतियोगितामा महिला र पुरुषतर्फ पाँच पाँच सहूह सहभागी रहेका छन् ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने कार्यक्रम छ । पुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि १८ लाख २८ हजार ६ सय बराबरको खर्च अनुमान गरिएको क्लबका सचिव एवं खेल संयोजक दीपक चौहानले बताउनुभयो ।
प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले खेलको माध्यमबाट जिल्लाको पहिचान, खेलाडी उत्पादन र खेल पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँले नेपालकै गौरवसंग जोडिएको भगवती जात्राको अवसरमा खेलको आयोजना गरेकोमा श्रीनगर भलिबल क्लबलाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।
तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनमा प्रतियोगिता आयोजना हुनु सुखद् रहेको बताउँदै खेलकुदको विकास र विस्तारका लागि नगरपालिका सधैव तयार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले खेलकुद प्रतियोगिताले खेलाडी उत्पादनदेखि समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले स्थानीय तहहरुले खेलाडीको प्रतिभा प्रष्फुटन हुने गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा श्रीनगर क्लबले चन्दा उठाएर प्रतियोगिता आयोजना गर्नु आफैमा प्रशंसायोग्य काम भएकोे उल्लेख गर्नुभयो ।
श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आलेले क्लबले खेलाडी उत्पादन तथा जिल्लाको गौरव गाथालाई थप प्रचार गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img