कामको सिलसिलामा लाग्ने रोगलाई कानूनी मान्यता

काठमाण्डौ, २७ साउन । सरकारले कामको सिलसिलामा लाग्ने रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानूनी मान्यता दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली २०७५ अनुसार ७० प्रकारका रोगको सूची राजपत्रमा प्रकाशित गरेको हो । यो निर्णयले कार्यस्थलको धूलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई कानूनी रूपमा सम्बोधन गरेको छ । यसले लाखौं श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ ।

राजपत्रमा प्रकाशित सूचीलाई पाँच मुख्य समूहमा बाँडिएको छ । यसमा रासायनिक एजेन्टका कारणले हुने रोगहरू, भौतिक एजेन्टका कारणले हुने रोगहरू, जैविक एजेन्टका कारणले हुने रोगहरू, लक्षित अङ्ग प्रणालीमा असर गर्ने रोगहरू र व्यवसायजन्य क्यान्सर रहेका छन् ।

सरकारले कम्प्युटरमा लामो समय काम गर्ने वा एउटै प्रकारको काम दोहो¥याउने श्रमिकमा देखिने कार्पल टनेल सिन्ड्रोम, टेनोसिनोभाइटिस र कामको सिलसिलामा हुने ’पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर’ लाई पनि व्यवसायजन्य रोगको मान्यता दिएको छ ।

श्रम ऐन २०७४ को दफा ८२ अनुसार कुनै प्रतिष्ठानमा काम गर्दा श्रमिकलाई व्यवसायजन्य रोग लागेमा, प्रतिष्ठानले रोगको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च बेहोर्नुपर्नेछ । रोगको उपचार हुन नसक्ने अवस्थामा पीडित श्रमिकलाई तोकिए बमोजिमको क्षतिपूर्ति रकमसमेत उपलब्ध गराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

- Advertisement -spot_img
-Advertisement-spot_img