पाल्पाका राजनैनिक दलद्वारा निर्वाचन आयोगको ‘हस्तक्षेपकारी कदम’ विरुद्ध विरोध

पदम गैरे पाल्पा– निर्वाचन आयोगले राजनीतिक दलको ‘स्वमूल्याङ्कन’ प्रक्रियाको नाममा दलहरूको स्वायत्ततामाथि हस्तक्षेप गरेको भन्दै पाल्पामा रहेका ६ राजनीतिक दलले विरोध जनाएका छन्। उनीहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगको उक्त कदम नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आयोगले संघीय कानुनको दुरुपयोग गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ को मर्म विपरीत काम गरेको आरोप लगाएका छन्।

उक्त विज्ञप्तिमा भनिएको छ, “यो कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत छ। निर्वाचन आयोगले संघीय कानुनको दुरूपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा अलग कानुन मस्यौदा तयार गरेर संघीय संसदको क्षेत्राधिकार अतिक्रमण गर्न र राजनीतिक दललाई नियन्त्रण गर्ने प्रयास गरेको हुँदा यसप्रति हाम्रो स्पष्ट असहमति तथा विरोध छ।”

उनीहरूले बहुदलीय लोकतन्त्रको मर्ममा आघात पुर्‍याउने र दलहरूको आन्तरिक स्वायत्ततामा हस्तक्षेप गर्ने प्रवृत्ति अस्वीकार्य रहेको बताएका छन्। यदि आयोगले उक्त कदम सच्याएन भने कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने निर्णय भएको पनि विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिको 6 दलका अध्यक्ष र प्रतिनिधिहरूले पनि हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img