इजरायल–इरान युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा

इजराल र इरानबीचको युद्धविराम पूर्णरूपमा कार्यान्वयनमा आएको छ । मङ्गलवार बिहानदेखि लागू भएको युद्धविराम दुवै पक्षले कार्यान्वयन गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अप्रत्याशित रूपमा शुरू भएको इरान–इजरायल युद्ध १२ दिनपछि अप्रत्याशित रूपमै टुङ्गिएको हो ।

युद्धको १०औं दिनमा इरानी परमाणु भट्टीमा आक्रमण गर्दै अमेरिका पनि युद्धमा सहभागी भएको थियो । इरानले अमेरिकी आक्रमणको भोलिपल्ट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गर्‍याे । इरानको जवाफी आक्रमणपछि अब युद्ध तीव्र रूपमा फैलने र कतिपयले तेस्रो विश्वयुद्धको शुरुआत भन्दै गर्दा युद्ध नाटकीय रूपमा रोकियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यराति सामाजिक सञ्जालमा लेख्दै युद्धविराम घाेषणा गरेको केही घण्टापछि दुवै देशले युद्धविराम स्वीकार गरे ।

इरान–इजरायलबीच चलेको १२ दिनको युद्धमा झन्डै ७०० जना इरानी मारिएका छन् । इजरायलतर्फ २८ जना मारिएका छन् । दुवैतर्फ १ हजार जनाभन्दा धेरै घाइते भएका छन् । इजरायलको आक्रमणले इरानमा भौतिक रूपमा पनि ठूलो क्षति पुगेको छ । इजरायलमा पनि हमाससँगको २० महिने युद्धमा भन्दा इरानसँगको १२ दिने युद्धमा बढी भौतिक क्षति भयो ।

इजरायलले इरानको आणविक कार्यक्रम अब फर्काउनै नसक्ने गरी नष्ट गरी युद्धको लक्ष्य प्राप्ति गरेको दाबी गरेको छ । तर इरानले इजरायल आणविक सुविधाहरू नष्ट गर्ने र आणविक ज्ञानलाई कमजोर पार्ने लक्ष्यहरू हासिल गर्न असफल भएको दाबी गरेको छ ।

यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धको अन्त्य भएको घोषणा गर्दै सबै सरकारी निकायलगायतका संस्थाहरूलाई पुनर्निर्माणमा आफ्ना सबै प्रयासहरू केन्द्रित गर्न आग्रह गर्नुभएको छ । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img