
निम्बतरु
म मज्जामा छु
फकीर हुँ
आफैलाई भेटाउन नशा छ जो
दु:ख
म न तिम्रो भएँ
न आफ्नै
आफूलाई आफ्नो बनाउने हर-कोशिसमा
आफैलाई
एक हुल मान्छे माझमा पनि भेट्न सकिनँ
एउटा पाखण्ड बाँचिरहेछ मसँग अब
पक्का भेट्छु स्वयंलाई
प्रेम प्राप्तिका बाहनामा म डुब्दै थिएँ
आज घिसारेर माथि तान्दै छु
गलफन्नी प्रेमको दलदलबाट
तिमीहरुले आँसुको भाषा नबुझेको हो
आँसु अब नयाँ बाहना भन्यौ उम्किने
तब झन्
तिमीहरुले प्रलय दुःख
महामारी व्यथा दियौ एकै प्रहारमा
कठो ! तिमीलाई मेरो छाया
र पातहरुले पनि त्रास दियो
मेरो छायाले पनि त्रास दियो भयंकर
म रमाइरहेछु
फकीर हुँ
उसमाथि ज्याद्रो नसा जीवनको छ
उस्तै प्रेमिल ज्यादती ।

























