रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

समाचार सारांश
Auto Generated by AI
  • बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले राहत वितरण जारी रहेको दाबी गरेको छ।
  • रसुवा र नुवाकोटका २६ स्थानमा आश्रयस्थल बनाएर तीन हजारभन्दा बढीलाई राहत दिइएको छ।
  • दुर्गम क्षेत्रमा हेलिकप्टर र अन्य वैकल्पिक मार्गबाट उद्धार तथा राहतको प्रयास भइरहेको छ।

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न २६ ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ ।

हिजो मात्रै प्रभावित दुई जिल्लामा तीन हजार ४५४ जनालाई आश्रय तथा राहत वितरण गरिएको छ । प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ ।

साथै त्रिशूली ढुङ्गे क्षेत्र र सिमचाैरका प्रभावितलाई सेफहाउस/किरियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ । बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल/भैरुम मावि, रिमालडाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ ।

विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि/वडा कार्यालयमा व्यवस्थापन गरिएको छ । विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको छ । बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।

प्राधिकरणका अनुसार विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको छ । त्रिशूली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ । समाचार स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

सरकारद्वारा शव व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका स्वीकृत

रसुवाको टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको उद्धार

आज जनैपूर्णिमा पर्व मनाइँदै

८ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

- Advertisement -spot_img
-Advertisement-spot_img