कोलकाताबाट पहिलो पटक ‘कार्गो रेल’ विराटनगर आइपुग्यो

समाचार सारांश
Auto Generated by AI
  • कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलो पटक विराटनगर आइपुगेको छ।
  • सडक मार्गभन्दा छिटो र सस्तो ढुवानी हुने भएकाले व्यवसायीहरू उत्साही भएका छन्।
  • वीरगञ्जपछि अब विराटनगरमा पनि कार्गो रेल सेवा विस्तार भएसँगै उद्योगीहरू लाभान्वित भएका छन्।

काठमाण्डौ – भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ पहिलो पटक एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ ।

खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर गएको साउन १ गते कोलकताबाट छुटेको ४० कन्टेनरसहितको कार्गो रेल हिजो विराटनगर आइपुगेको हो । स्वास्तिक आयलको औद्योगिक कच्चापदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका छन् ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो देशबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार ‘यार्ड’ हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार ‘यार्ड’ सम्म ल्याउने व्यवस्था कार्यान्वयनमा आएको छ । सडक मार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यून लागत हुनुका साथै झण्डै २४ घण्टाको समयावधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ ।

वीरगञ्जमा मात्र उपलब्ध कार्गो रेल सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यवसायी खुसी भएका छन् । यसअघि विराटनगरमा २०८० जेठ १८ देखि कार्गो रेल सञ्चालनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img