अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

समाचार सारांश
Auto Generated by AI
  • स्पेनले फाइनलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।
  • अतिरिक्त समयमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई १६ वर्षपछि दोस्रो पटक च्याम्पियन बनाए।
  • खेलाडीमा सीमित भएको अर्जेन्टिनाले बराबरी गोल फर्काउन नसक्दा उपविजेतामै चित्त बुझाउन बाध्य भयो।

काठमाडौँ। अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

अमेरिकाको न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा आइतबार भएको फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

स्पेनलाई दोस्रोपटक विश्वकपको उपाधि दिलाउन फेरान टोरेसले निर्णायक गोल गरे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समयको इन्जुरी समयमा एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । त्यसको फाइदा उठाउँदै टोरेसले खेलको १०६औँ मिनेटमा गोल गरी स्पेनलाई अग्रता दिलाए ।

बाँकी समयमा अर्जेन्टिनाले बराबरी गोल फर्काउन नसकेपछि टोरेसको त्यही गोल स्पेनलाई विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।

स्पेनले यसअघि सन् २०१० मा पहिलोपटक विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिना भने उपविजेतामा सीमित हुँदै लगातार दोस्रोपटक विश्वकप जित्ने अवसरबाट वञ्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img