
- नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको चौथो अधिवेशन सम्पन्न भएको छ।
- सुमन्तप्रसाद पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
- कार्यक्रममा ज्योतिषशास्त्र र धर्म-संस्कृतिको संरक्षणमा जोड दिइएको छ।
घनश्याम पौडेल अर्घाखाँची । नेपाल ज्योतिष परिषद् अर्घाखाँची चौथो अधिवेशनबाट सुमन्तप्रसाद पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।
जस्को उपाध्यक्षमा चुरामणी भट्टराई, गोपालप्रसाद पौडेल, सचिवमा माधवराज चुँदाली, सहसचिवमा पुरुषोत्तम पौडेल, कोषाध्यक्षमा कमलप्रसाद आचार्य, सहकोषाध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा विष्णुप्रसाद आचार्य, पदमप्रसाद चुँदाली, नरेश अधिकारी, यमप्रसाद शर्मा, केशवराज चुँदाली, बाबुराम मरासिनी, हिमाल अधिकारी, उमबहादुर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सचिव ढुण्डीराज ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटनसत्र प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचीव आचार्य शिवलाल पौडेलले ज्योतिषशास्त्रको संरक्षण संवर्धन र ज्योतिषीहरुको हकहितका लागी स्थापना भएको संस्था रहेको बताउँदै यसमा सबैजना सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
ज्योतिष मात्रै नभएर धर्म संस्कृति संरक्षणमा पनि यो संस्थाको महत्त्वपूर्ण भुमिका रहने बताउँदै संस्थालाई यो अवस्थासम्म ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने पुर्व कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष ढुण्डीराज ज्ञवाली, उपाध्यक्ष केशवराज आचार्य, उपमहासचिव अनन्तप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य दिदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
उद्घाटन सत्र निवर्तमान अध्यक्ष मतिराज शर्माको अध्यक्षता, उपाध्यक्ष सुमन्तप्रसाद पोखरेलको स्वागत मन्तव्य तथा सचिव विष्णुप्रसाद आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।


























