लगातार ७ काराेबार दिन घटेकाे शेयर बजार ४४ अङ्कले बढ्याे

समाचार सारांश
Auto Generated by AI
  • लगातार सात दिन घटेको शेयर बजार आज ४४.५९ अङ्कले बढेर २६५२.९३ विन्दुमा पुगेको छ।
  • सबै समूहको सूचकमा वृद्धि हुँदा २५२ कम्पनीको शेयर मूल्य बढेको छ।
  • कारोबार रकममा पनि सुधार भई आज ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

काठमाण्डाै – लगातार ७ कारोबार दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६५२ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको सूचक बढेकोमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज २५२ वटा कम्पनीको शेयर बढेकोमा १७ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर ५ दशमलव २१ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३६२ वटा कम्पनीका ९५ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सामुदायिक वनमा रोपिएका सिन्कौली बिरुवाको सरसफाइ तथा उकेरा सम्पन्न

पेट्रोलमा प्रतिलिटर २०तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

- Advertisement -spot_img
-Advertisement-spot_img