फ्यान्टम क्याफे र कस्मिक साथीहरू

समाचार सारांश
Auto Generated by AI
  • कविले पुराना साथीहरूसँगका बितेका याद र सन्धिखर्कका ती दिनहरूलाई नोस्टाल्जियाका रूपमा स्मरण गरेका छन्।
  • समयको गतिसँगै साथीहरू संसारका विभिन्न कुनामा छरिए पनि उनीहरूको मित्रताको आभा अझै जीवित छ।
  • भौतिक रूपमा टाढा भए पनि कवि आफ्नो कल्पना र स्मृतिमा ती साथीहरूसँगै संसारको कविता बुनिरहेको महसुस गर्छन्।

निम्बतरु

यो जूनको नीलो मध्यरात हो,
म मेरो अब्स्ट्र्याक्ट कोठामा बसिरहेछुर सम्झिरहेछु
ती अनौठा अनुहारहरू,जो मेरा साथीहरू थिए,
या सायद मेरै भ्रमका फ्यान्टम छायाहरू थिए !
हामी सँगै हुँदा—
समयको घडी उल्टो घुम्थ्यो,
सन्धिखर्कका गल्लीहरू
म्याजिकल रियालिज्मको उपन्यास बन्थे,

हामी चियाका कपहरूमा
ब्रह्माण्डको मेटाफिजिक्स घोलेर पिउँथ्यौँ,
र सिगरेटको धुवाँमाईश्वरको नयाँ स्केच कोर्थ्यौँ ।
हिरालाल—
जो नित्सेको कोट लगाएर हिँड्थ्यो,
जसको आँखामा संशयको ब्ल्याक होल थियो ।

अशोक—
जो गितारका तारहरूमा
मेलाङ्कोलिक इतिहास लेख्थ्यो ।

लुडो खेल्थ्यौं
र चिया पिउँदै सिरिप्प
हाँस्थ्यौ टोलै हल्लिनेगरि

हामी ‘क्याफे-डी-नोस्टाल्जिया’ का भोगाबोन्ड थियौँ,
हाम्रो खल्तीमा पैसा हुँदैनथ्यो,
तर हामीसँग इमेजिनेसन को पूरा साम्राज्य थियो !
समय एउटा साइलेन्ट किलर निक्लियो,
उसले हाम्रो मित्रताको कोलाज लाई टुक्रा-टुक्रा पारिदियो,
कोही क्युबिकल भित्र ‘कम्प्युटर स्क्रिन’ मा कैद भयो,
कोही समुन्द्र पारिको टाइम-जोनमा बिलायो ।

तर आज यो शून्य रातमा,
मेरो कफिको एस्प्रेसोबाट तिनीहरूको सुगन्ध आउँछ,
भित्ताको घडीबाट तिनीहरूको हाँसोको इको सुनिन्छ,
भौतिक रूपमा तिनीहरू जहाँसुकै हुन्,
मेरो यो साइकेडेलिक मस्तिष्कमा—
हामी अझै पनि त्यही पुरानो बेन्चमा बसेर
संसारको अन्तिम कविता बुनिरहेका छौँ ।

चियर्स साथीहरू !
तिमीहरू मेरो जीवनका सबैभन्दा सुन्दर भ्रम हौ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै