अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च अहिलेसम्मकै उच्च

समाचार सारांश
Auto Generated by AI
  • अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर बिक्री मूल्य १५४ रुपैयाँ ४६ पैसा कायम भएको छ।
  • भारतीय मुद्राको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा डलरको मूल्य निरन्तर बढिरहेको हो।
  • डलरको मूल्य वृद्धिले रेमिट्यान्स र निर्यात आम्दानी बढाए पनि आयात भने महँगो हुन पुगेको छ।

काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक डलरको खरिद मूल्य १५३ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य १५४ रुपैयाँ ४६ पैसा तोकेको छ । जुन अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि हिजो अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा थियो । भारतमा डलरको मूल्य बढेसँगै स्वतः नेपालमा पनि बढ्ने गर्छ । डलरको भाउ बढ्दा विदेशी मुद्रामा हुने आम्दानी बढ्छ । रेमिट्यान्स, निर्यात, विदेशी पर्यटनमार्फत हुने आम्दानी बढ्ने गर्छ तर आयात महँगो पर्छ ।

आज युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ  र बिक्रीदर ४१ रुपैयाँ  १६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै