समयको प्रवाह र ढलेका साम्राज्यहरू

समाचार सारांश
Auto Generated by AI
  • त्रिशुली नदीको बहाव र इतिहासको दृष्टान्तले संसारमा शक्ति, साम्राज्य र मानिसको अस्तित्व क्षणभंगुर रहेको कुरालाई प्रष्ट्याउँछ।
  • काओ काओ र लिउ बेई जस्ता ऐतिहासिक पात्रहरूको महत्त्वाकाङ्क्षा र सङ्घर्ष कालान्तरमा विस्मृतिमा बिलाएर जान्छन्।
  • इतिहासका सबै दाउपेच र युद्धहरू भन्दा माथि उठेर मित्रता र विश्वासको बलियो सम्बन्ध मात्र युगौँसम्म जीवन्त रहन्छ।

निम्बतरु

विशाल त्रिशुली नदीको छालमा इतिहास बगिरहेछ,
जसरी बगेर गए—
ती उन्मत्त वीरहरू,
ती अजङ्गका सिपाहीहरू।

समयको ऐनामा हेर त,
कहाँ गए ती सुनौला मुकुट पहिरिने राजाहरू?
कहाँ बिलाए ती रगतले लतपतिएका सङ्घर्षका कथाहरू?
सबै ती छालहरूसँगै किनार लागे,
बाँकी रहे त केवल— यी अटल हरिया पहाडहरू,
जसले कति पटक सूर्यलाई रातो भएर अस्ताएको देखे,
र कति पटक चन्द्रमालाई रित्तो आकाशमा उदाएको भेटे

एकातिर
महत्वाकाङ्क्षाको पहाड बोकेका काओ काओ,
जसले भने— “बरु म संसारलाई धोका दिऊँला,
तर संसारले मलाई नदेओस्।
“अर्कोतिर न्याय र आदर्शको दियो बाल्ने लिउ बेई,
जो आँपको बगैँचामा भाइचाराको कसम खान्छन्।
र बीचमा छन् ती चतुर झुगे लियाङ,
जसको एउटा पङ्खाको चालले
बतासको दिशा बदलिदिन्थ्यो,
जसको एउटा मन्त्रले भोकाएका सेनामा साहस भरिदिन्थ्यो

तर हेर त!ती रणनीतिका चक्रव्यूहहरू,
ती दाउपेचका खेलहरू,
ती ‘रेड क्लिफ’ को दन्किरहेको आगो,
आज सबै शान्त छन्।
ती सिमानाका रेखाहरू,
जो रगतले कोरिएका थिए,
आज समयको धुलोले पुरिइसके।
जुन साम्राज्य जुट्यो,
त्यो फुट्नु नै थियो,जुन फुट्यो,
त्यो फेरि एक हुनु नै थियो,
यही त हो प्रकृतिको नियम—
अजेय कोही छैन, अमर केही छैन।

नदीको तिरमा बसेको एउटा वृद्ध माझी,
उसले देखेको छ— कति आए, कति गए।
उसको लागि ती ठूला युद्धहरू केवल एउटा गफ हुन्,
एक घैँटो पुरानो रक्सी
र अलिकति हाँसोसँगै साटिने कथाहरू।
किनकि इतिहासको अन्त्यमा—
जित्नेको अहङ्कार र हार्नेको आँसु,
दुवै एउटै शून्यतामा गएर मिसिन्छन्।
आकास उही छ, धर्ती उही छ,
केवल मानिसका पात्रहरू बदलिइरहन्छन्।

यो रोमान्सको कथा मात्र होइन,
यो त मानव सभ्यताको एउटा ऐना हो,
जहाँ हरेक मानिस—
एउटा पात्र हो,
एउटा सपना हो,
र अन्त्यमा एउटा सम्झना हो।

त्यो वसन्तको मौसम थियो,
जहाँ गुलाबी फूलहरूले धर्ती ढपक्कै ढाकेको थियो,
र हावामा एउटा नयाँ युगको सुगन्ध थियो।
तीन अपरिचित अनुहारहरू—
एक शान्त र न्यायप्रेमी लिउ बेई,
एक रातो अनुहार र वीरताको प्रतिमूर्ति कुआन यु,
र एक निडर, गर्जन जस्तो स्वर भएका झाङ फेई।

उनीहरूले रक्सीको प्याला उठाए,
र साक्षी राखे—
त्यो फुल्दै गरेको आँपको बगैँचालाई,
साक्षी राखे—
त्यो अनन्त आकाश र विशाल धर्तीलाई।
उनीहरूले भनेनन्,
“हामी एउटै दिन जन्मियौँ,”
तर उनीहरूले कसम खाए—
“हामी एउटै दिन मर्नेछौँ।”

ती तीन फरक मुटुहरू,
एउटै धड्कन बने,
ती तीन फरक तरबारहरू,
एउटै लक्ष्यमा सोझिए।
साम्राज्य ढल्दै थियो,
दुनियाँ जलिरहेको थियो,
तर त्यो बगैँचामा एउटा यस्तो किल्ला खडा भयो—
जसलाई न त काओ काओको प्रलोभनले तोड्न सक्यो,
न त मृत्युको डरले नै हल्लाउन सक्यो।

आज पनि,
जब मानिसहरू मित्रताको कुरा गर्छन्,
त्यो आँपको बगैँचाको सम्झना ताजा हुन्छ।
किनकि राज्यहरू त आउँछन् र जान्छन्,
इतिहासका पानाहरू त धुलोले पुरिन्छन्,
तर दुई मुटुबीचको त्यो ‘विश्वास’,
युगौँसम्म फूल झैँ फुलिरहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै