आफ्नै चित्र कोरिरहेको मान्छे

निम्बतरु

म आफ्नो अनुहार कोर्दिनँ,
म आफ्नो अवस्था कोर्छु।
क्यानभासमा देखिएको त्यो मान्छे

म होइन—
त्यो मेरो बहाना हो,
मेरो ढाकछोप हो,
मेरो असफलताहरूको
राम्ररी धोएर सुकाएको छाला हो।

आत्मचित्र भनेको
आफ्नो अनुहार बनाउनु होइन,
आफ्नो नङले आफ्नै छाला कोतार्नु हो
र रगतले अनुहारको नक्सा बनाउनु हो।

ब्रसले रंग हालिँदैन,
ब्रसले घाउ खोलिन्छ।
रंगहरू त रंग होइनन्—
ती त पुराना पश्चातापहरू हुन्,
जुन सुक्दा कालो हुन्छन्।

आत्मचित्र कोर्ने मान्छे
अलि-अलि मर्दै गएको मान्छे हो।
किनकि
आफ्नो अनुहारलाई यति धेरै हेर्नु
आफ्नो झूटसँग दिनहुँ भेट्नु हो।

ऐनाले त अनुहार देखाउँछ,
तर क्यानभासले
मान्छेभित्रको कुहिएको ठाउँ देखाउँछ।

त्यसैले
सबैभन्दा क्रुर चित्रकार
आफ्नै चित्र कोर्ने मान्छे हो—
किनकि उसले
अरूलाई होइन,
आफ्नै अस्तित्वलाई
बिस्तारै बिस्तारै काटेर
फ्रेममा टाँसिरहेको हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img