आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

काठमाण्डाै – आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने भएको छ । पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि भने पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली विस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार अबका तीन दिन देशभर मौसम बदलीको सम्भावना छ । उहाँका अनुसार बिहानको मौसम केही खुलेजस्तो भए पनि बिस्तारै दिउँसोपख मौसम बदली र वर्षा हुनेछ ।

यस्तै हावाहुरी, चट्याङ र असिना पानीसहित कतैकतै ठूलो पानी पर्ने सम्भावना छ । हिजो पनि देशका केही ठाउँमा मध्यमसम्मको वर्षा र कतैकतै असिना पनि परेको महाशाखाले जनाएको छ ।

आज लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने अनुमान छ । हिमाली केही ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

- Advertisement -spot_img
-Advertisement-spot_img