जोखिममा रहेका आप्रवासीलाई इरानबाट बाहिर निकाल्न संयुक्त राष्ट्रसङ्घले पहल थाल्यो

संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले मध्यपूर्व युद्धमा फसेका र जोखिममा रहेका आप्रवासीलाई इरानबाट बाहिर निकाल्न पहल थालेको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले गोलाबारी र सामूहिक विस्थापनका कारण इरानमा आप्रवासी अत्यधिक जोखिममा रहेको जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

सङ्कटमा परेका सयौँ आप्रवासीसहित अन्य तेस्रो देशका नागरिकलाई पनि सहयोग गर्न आफू तयार रहेको आइओएमले जनाएको छ । आइओएमका पुनर्वास तथा आवागमन व्यवस्थापन निर्देशक डेभिड जोनले जेनेभामा पत्रकारसँग केही आप्रवासीलाई इरानबाट घर फर्कन सहयोग गरिसकेको पनि उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय यूएनएचसीआरले अस्ति इरानबाट ३२ लाख मानिसहरू विस्थापित भएका जनाएको थियो । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका–इजरायलको संयुक्त आक्रमण इरानमा शुरु भएयता युद्धको असर मध्यपूर्व क्षेत्रभर फैलिएको छ । युद्धका कारण इन्धन सङ्कट निम्तिएको छ ।

अमेरिका–इजरायल र इरानबीचको लगातारको युद्धले समुद्री मार्गबाट हुने आपूर्ति श्रृङ्खलालाई ठूलो प्रभाव पारेको छ । विशेषगरी आयात व्यवसायमा जोडिएका क्षेत्र मध्यपूर्व तनावको चपेटामा परेका छन् ।

जसले आर्थिक प्रभाव पारिरहेको छ । इन्धन ढुवानीका लागि रणनीतिक क्षेत्र ‘स्ट्रेट अफ हर्मुज’ बन्द हुँदा तेल र ग्यास उद्योगहरू मात्र होइन, विश्वव्यापी यातायातलाई पनि उत्तिकै असर पुर्याएको छ । समाचार संस्था एएफपीका अनुसार इरानको ‘स्ट्रेट अफ हर्मुज’ प्रभावित हुँदा हजारौँ व्यावसायिक सामान बोक्ने जहाजहरू अवरुद्ध छन् ।

सामुद्रिक यातायात कम्पनी सिएमए सिजिएमका प्रमुख कार्यकारी रोडोल्फ साडेले फ्रान्सेली पत्रिका फिगारोसँग युद्ध लम्बिए थप जोखिम निम्तने बताउनुभएको छ । पछिल्लो मध्यपूर्वको तनावले केही हदसम्म विगतको कोरोना महामारीमा उत्पन्न भएजस्तै खराब अवस्था ल्याएको छ । समाचार स्रोत उज्यालो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img