भारतमा घरायसी उपभोक्ताले एउटा सिलिण्डर लिएको २५ दिनपछि मात्रै अर्को पाउने

–राजनीतिक तनावले इन्धन आपूर्तिमा अवरोध देखिन थालेपछि भारतले घरायसी उपभोक्तालाई एउटा सिलिण्डर लिएको २५ दिनपछि मात्रै अर्को सिलिण्डर बुकिङ गर्न पाइने नियम लागू गरेको छ । उपभोक्ताले भण्डारण बढाउने र यसले कृतिम अभाव सृजना गर्ने भन्दै सरकारले ‘इन्टर–बुकिङ अवधि’ को नियम लागू गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

यस्तै सरकारले तेल रिफाइनरी कम्पनीहरूलाई खाना पकाउने ग्यासको उत्पादन बढाउन र थपिएको उत्पादन घरायसी प्रयोजनमा मात्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आम नागरिकको सहजताका लागि घरघरमा हुने एलपीजी आपूर्तिलाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ ।

मन्त्रालयका अनुसार व्यावसायिक प्रयोजनका लागि विदेशबाट आयात गरिने गैर–घरायसी ग्यासको वितरणमा पनि नयाँ व्यवस्था गरिएको छ । जसअन्तर्गत आयातित ग्यास सबैभन्दा पहिले अस्पताल र शैक्षिक संस्था जस्ता अति आवश्यक क्षेत्रमा पठाइनेछ ।

अन्य गैर–घरायसी क्षेत्रमा एलपीजी आपूर्तिसम्बन्धी विषयको समीक्षा गर्न भारतका आयल मार्केटिङ कम्पनीका तीन जना कार्यकारी निर्देशक सम्मिलित एक समिति गठन गरेको मन्त्रालयले जनाएको छ । यो समितिले रेस्टुरेन्ट, होटल र अन्य उद्योगहरूबाट आउने ग्यासको माग र अनुरोधका सम्बन्धमा अध्ययन गरी निर्णय लिनेछ ।

सरकारी आदेशपछि भारतका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । होटलहरुले कार्यसञ्चालन घण्टा घटाउँदा होटल तथा पर्यटन क्षेत्र सङ्कटमा धकेलिएको छ ।

ग्याँसका डिपोहरुमा मानिसको लामो लाइन लागेको छ । त्यस्तै भारतमा ग्यासको भाउ सिलिण्डरमा ६० रुपैयाँले बढेको छ । भारतमा वार्षिक झन्डै ३१.३ मिलियन टन एलपीजी खपत हुन्छ । जसको झन्डै ६२ प्रतिशत आयात हुन्छ । धेरैजसो आयात पश्चिम एशियाबाट हर्मुज मार्ग हुँदै हुँदै आउँछ ।

इरानले हर्मुज मार्गमा अवरोध गरेपछि पश्चिम एशियाका तेल उत्पादक देशहरुले आफ्नो उत्पादन घटाउन थालेका छन् । इराकले आफ्नो दक्षिणी तेलखानीमा उत्पादन झन्डै ७० प्रतिशत घटाएको छ । कुवेत पेट्रोलियम कर्पोरेशनले पनि आपतकाल घोषणा गरेर उत्पादन घटाउन शुरू गरेको छ ।

इरानमा इजरायल र अमेरिकाले आक्रमण गरेपछि पीश्चम एशियमा बढेको तनावको असर भारतको भान्सासम्म आइपुगेको हो । भारत सरकारले अल्जेरिया, अस्ट्रेलिया, क्यानेडा, नर्वेलगायत देशबाट ग्याँस ल्याउने विषयमा छलफल गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै