सरस्वती आधारभुत बिधालयले मनायो ६५ औँ वार्षिकोत्सव

हृदय भुसाल अर्घाखाँची ।सरस्वती आधारभुत बिधालय भुमिकास्थान १० धन्चौर पाकु ले विविध कार्यक्रमका साथ आफ्नो ६५ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
भुमिकास्थान नगरपालिका–१० धन्चौर पाकु स्थित विद्यालयको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा पूर्व प्रदेश सभा सदस्य जाल्पा भुसाल ले गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा उहाँले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा आफूले सहयोग गरेको उल्लेख गर्दै विद्यालयको समग्र विकासमा एकजुट हुन आग्रह गर्नुभयो। आफू यही विद्यालयमा अध्ययन गर्नुका साथै अध्यापन समेत गरेको बताउँदै उहाँले विद्यालयलाई आफ्नो शिक्षाको पहिलो पाठशाला भएको उल्लेख गर्नुभयो। भुसालले बिधालयको वृद्धि बिकासमा आफ्नो सधैं साथ रहने बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य जनकलाल गैरे, पूर्व प्रधानाध्यापक तारापति भट्टराई, पूर्व बिब्यस अध्यक्ष रुद्रलाल चुदाली, समाजसेवी बलभद्र चुदाली,चिन्त बहादुर घम बिष्णु चुदाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। विद्यालयको आर्थिक वर्ष २०८१/८२ को आर्थिक तथा समग्र प्रगति प्रतिवेदन प्रधानध्यापक भोजन गुरुङले प्रस्तुत गर्नु भएको  थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक गंगा उचैको स्वागत मन्तव्य र शिक्षक दुर्गा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो। २०१७ सालमा स्थापना भएको विद्यालयले निरन्तर रूपमा वार्षिकोत्सव मनाउँदै आएको छ। वार्षिकोत्सवका अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरी उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भोजन गुरुङले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै