प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ — निर्वाचन आयोगले फागुन २१ गते बिहीवार हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक पर्नसक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न आयोगले ध्यानाकर्षण गराएको हो ।

चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदाता, अशक्त, ज्येष्ठ नागरिकलगायतलाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि व्यवस्था मिलाउन आयोगले आह्वान गरेको हो । आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै पालिकामा आवश्यक सहयोगका लागि लेखी पठाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा डाक्टर, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत आयोगले जनाएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चुनावको समयमा हुन सक्ने सम्भावित दुर्घटना र अन्य आकस्मिक घटनाको जोखिमलाई हेरेर स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले मातहतका निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

- Advertisement -spot_img
-Advertisement-spot_img