८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

जनताको सेवामा सधैं समर्पित रहने प्रतिबद्धता : उम्मेदवार चौहान

हृदय भुसाल अर्घाखाँची ।नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम बहादुर चौहानले आफू सधैं जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पाणिनी गाउँपालिकामा विभिन्न ठाउँ  आयोजित मतदाता सँगको भेटघाट कार्यक्रमका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
उम्मेदवार चौहानले विगतमा जिल्ला अस्पताल लगायत विभिन्न सामाजिक संस्थाको नेतृत्व सम्हाल्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो। उहाँले जनताको प्रशासनिक काम, स्वास्थ्य उपचार तथा विकास निर्माणका क्षेत्रमा निरन्तर सहजीकरण गर्दै आएको अनुभव सुनाउँदै अब अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो।
“म जनताको प्रतिनिधि बन्ने आकांक्षासहित उम्मेदवारी दिएको हुँ, जनताले मप्रति झुक्नुपर्ने होइन, म सधैं जनतालाई सम्मान र सत्कार गर्ने स्वभावको छु,” उहाँले भन्नुभयो।
उम्मेदवार चौहानले जनताको सुख–दुःखमा सधैं साथ दिँदै आएको उल्लेख गर्दै भविष्यमा पनि अझ सक्रिय, जिम्मेवार र उत्तरदायी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य युबराज पौडेल लगायतका  सहभागी मतदाताले पनि उहाँप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा साथ दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै