६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

अर्घाखाँचीमा चौहानको घरदैलो अभियान तीब्र : स्वास्थ्य र शिक्षा निःशुल्क बनाउने प्रतिबद्धता

हृदय भुसाल अर्घाखाँची । नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राम बहादुर चौहानले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र बनाउँदै स्वास्थ्य र शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जिल्लाका विभिन्न स्थानीय तहमा मतदाता संघसँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएका स्वास्थ्य र शिक्षा अझै व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। “संविधानले अधिकार दिएको छ, अब त्यसलाई व्यवहारमा उतार्ने जिम्मा हाम्रो हो,” उहाँको भनाइ थियो।
मालारानी गाउँपालिका, सितगंगा नगरपालिका तथा भूमिकास्थान नगरपालिका मा सम्पन्न घरदैलो कार्यक्रमका क्रममा चौहानले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा अभावमा नागरिकले महँगो उपचारको मार खेप्नुपरेको बताउनुभयो। सामान्य उपचारकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न ठोस पहल गर्ने उहाँको दाबी छ।
उहाँले सरकारी विद्यालयको गुणस्तर अभिवृद्धि, दक्ष जनशक्ति व्यवस्थापन र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने योजना सार्वजनिक गर्नुभयो। “नागरिकका आधारभूत आवश्यकता राज्यले सुनिश्चित गर्नैपर्छ,” भन्दै चौहानले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेको स्पष्ट पार्नुभयो।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाबाट उत्साहजनक समर्थन र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनको निर्वाचन टोलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै