अमेरिकी र अस्ट्रेलियन डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ – आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी एक डलरको खरिदर १ सय ४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ४१ पैसा छ ।

हिजो अमेरिकी एक डलरको खरिदर १ सय ४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ९२ पैसा थियो । त्यस्तै आज अस्ट्रेलियन डलर एकको खरिदर १ सय रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय रुपैयाँ ९६ पैसा छ । अस्ट्रेलियन डलरको यो भाउ पनि अहिलेसम्मकै उच्च हो ।

हिजो अस्ट्रेलियन डलर एकको खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो । आज युरोपियन युरो एकको खरिददर १ सय ७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५० पैसा र बिक्रीदर १०६ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img