अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा रामबहादुर चौहान उम्मेदवार

हृदय भुसाल अर्घाखाँची ।नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा रामबहादुर चौहानलाई अघि सारेको छ। मालारानी गाउँपालिका–५ बागीमा जन्मनु भएका नेता चौहान अर्घाखाँची जिल्लाका प्रखर वक्ता तथा जनप्रिय नेतामध्ये एकका रूपमा परिचित हुनुहुन्छ।
लगनशील, गतिशील र अध्ययनशील स्वभावका चौहानलाई जिल्लाका सामान्य नागरिकले समेत सहजै चिन्ने गर्दछन्। विद्यार्थी राजनीतिबाट उदाएका उहाँ पाणिनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हुँदै एमाले जिल्ला कमिटीमा लामो समय क्रियाशील रहनुभयो। निर्वाचित जिल्ला कमिटी सचिवको जिम्मेवारी समेत सफलतापूर्वक पूरा गर्नुभएका चौहान एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय रहँदै आउनुभएको छ।
अर्घाखाँची अस्पतालको अध्यक्षका रूपमा काम गर्दा उहाँले नमूना कार्य सम्पादन गरेको भन्दै जिल्लावासीहरूले प्रशंसा गर्ने गरेका छन्। अहिले पनि उहाँको दैनिकी नागरिकका समस्या समाधानमै केन्द्रित रहने गरेको देखिन्छ। सरकारी कामकाजका झन्झट, अस्पतालमा बिरामीका समस्या लगायतका विषयमा सधैं सक्रिय रहँदै जनताको सेवामा खटिने नेता चौहानलाई लामो समय राजनीतिमा समर्पित रहेर पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेको निस्वार्थ नेताका रूपमा अर्घाखाँचीबासीले बुझ्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img