नेपाली कांग्रेस आधिकारिक : निर्वाचन आयोग

काठमाण्डौ – निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।

सभापति चयन भएसँगै गगन थापा नेतृत्वको टोली आधिकारिकता दाबी गर्दै हिजो निर्वाचन आयोग पुगेको थियो । यस्तै आज शेरबहादुर देउवा पक्ष आफूहरू आधिकारिक दाबी गर्दै आयोग पुगेको थियो । आयोगले दुवै पक्षको कागजात अध्ययन गरेर गगन थापा नेतृत्वको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

गगन पक्षले आधिकारिकता पाएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरिरहेका छन् ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । योसँगै अब चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गगन पक्षकै  हुने भएको छ ।

कांग्रेसको विशेष महाधिवेशन गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img