सिनो बराबरको दिमाग

निम्बतरु

सिनो त मरेपछि मात्रै गन्हाउँछ,
तर यहाँ त
जिउँदैको दिमाग कुहियो।

घामले सुक्या सिनो झैँ
न लाज बाँकी, न चिसो–तातो,
आँखा खुलै छन्
तर देख्दैन।

खेत बाझो पर्‍यो,
पानी आउँदैन,
छोरो परदेश लाग्यो—
“यस्तै हो” भनी
टाउको हल्लाउँछ।

भकारी रित्तिँदा
बुद्धि सुतेको,
तर बेलामौकामा
जिब्रो जाँतोझैँ
घुम्छ, घुम्छ।

कागले सिनो घिसारेजस्तै
योजना घिसारिन्छ,
बाँड्दा चाहिँ
आफ्नै मान्छे छानिन्छ।

अर्घाखाँचीको उकालोमा
जनता ढाड बोकेर हिँड्छ,
मालिकहरू चाहिँ
ढाड हैन
सिनो बराबरको दिमाग
बोकेर राज गर्छन्।

हजुरहरू,
म एकछिन सोध्छु है
सिनो कहिले मर्छ?
सास टुटेपछि।

तर दिमाग चाहिँ यहाँ
सास चल्दाचल्दै मरेको देख्छु।

बुढाले भन्थे,
“लाज मरेपछि बुद्धि आफैँ घाट जान्छ”
आज बुझ्दैछु
घाट टाढा छैन रहेछ।

यहाँ खेत बाझो छ,
पानी आकाशतिर हेरेर बस्छ,
छोरो अरब–कतार गयो,
आमा ढिकीको आवाजसँग
आँसु पिस्छ।

बुढापाकाले भनेकै हुन्
जिउँदो मान्छे ढुङ्गो भए,
घर ढल्छ
ढुङ्गो मान्छे जिउँदो भए,
देश ढल्छ।
यहाँ ढुङ्गो हैन,
दिमागै सिनो भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै